लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीत ‘तिम्रो फोटो’ सार्वजनिक

 

पुष १, काठमाडौं –  हरि लम्साल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो सार्वजनिक भएको छ ।

अभिनेत्री लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीतमा हरि लम्सालले सङ्गीत भरेका छन् ।

गीतको भिडियोलाई लक्ष्मीले निर्देशन गर्नुका साथै भिडियोमा स्वयम लक्ष्मी र जीवन भट्टराईको अभिनय रहेको छ ।

लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विन बर्देवालाई पनि देख्न सकिने छ ।

विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।