पौष १० बाट हल खुल्नाउने सिनेकर्मीको तयारी

मंसिर ३०,काठमाडौं  – सरकारले हाल् सम्म सिनेमा हल खोल्न अनुमति दिएको छैन । मनोरञ्जन क्षेत्र पट्टी सरकारको ध्यान केन्द्रित नभएकै कारण यती बेला सिनेमाकर्मीहरू आक्रोशित भएका छन् । बारम्बार सरकार समक्ष्य अनुरोध गर्दा पनि कुनै चासो सरकार बाट नदेखिए पछि नेपाल चलचित्र संघले पौष १० गते देखि सिनेमा हल खोल्ने निर्णय गरेको छ । चलचित्र संघले पत्रकार सम्मेलन गर्दै पौष १० गते बाट हलहरू खोल्ने जानकारी दिएको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यान केन्द्रित गर्न भए पनि बाध्यता बस् सिनेमा हललाई सञ्चालनमा लेराउने सिनेकर्मीहरुको भनाइ छ । वर्तमान समयमा लकडाउन पूर्णरुपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटेल व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरुपमा सञ्चालनमा आइसकेकाले चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघले चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्र विकास बोर्डको मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष पेस गरेका पनि थियो ।