नेपालमा २४ घंण्टामा ८९९ जनामा संक्रमण पुष्टि

मंसिर २७, काठमाडौँ – शनिबार थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

नेपालमा यो सँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।