ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर

मंसिर २४, काठमाडौ – ब्लु लोटस हेल्थ होमले मंसीर २२ गते देखी ३० गते सम्मको लागि निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरिरहेको छ।

ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको उक्त हेल्थ होमले लामो समय देखी कोभीड-१९ को डरले आम मानिसहरुले स्वास्थ्य सेवा नलिरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप निस्शुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको जनाएको छ।

उक्त हेल्थ होमका संस्थापक अध्यक्ष तथा अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले भने ‘ हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका छौं । मुलतस् लामो समय देखि कोभीड-१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा ब्यबस्थापन गरीरहनुभएकाहरुले लाभ लिन सक्नुहुनेछ। हामीले यस अवसरमा बिरामीको दुखाई ब्यवस्थापको लागि बिभिन्न उपायहरु निशुल्क सिकाइ सहयोग गर्नेछौं ।’

हेल्थ होमका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीका अनुसार उक्त शिबिरमा ढाड दुख्ने,कम्मर दुख्ने, घुंडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको , नसा च्यापीएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महीनावारी गडबढी, मटोपन आदी रोगको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।