रियालिटी शो ’डान्स मास्टर’आयोजना हुने

मंसिर २३, काठमाडौं – थ्री प्रोडक्सन र ’नेपा प्रोडक्सनको सहकार्यमा निर्देशक विशाल भण्डारीको निर्देशनमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ ।

१३ वर्ष भन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने उक्त रियालिटी शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह निर्माताको रूपमा रहनेछन् । निर्देशक विशाल भण्डारीले राम्रो नृत्य गर्न सक्ने बालबालिकालाई अवसर दिने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।

उनले, अब राम्रो प्लेटफर्मको खोजीमा नेपालका बालबालिका विदेशका विभिन्न शोमा पुग्नु नपर्ने बताए ।सारंगा श्रेष्ठ, तेरीया मगर,सुशान्त खत्री र रोहीया महर्जन जजको रूपमा रह्ने छन्,भने रियालिटी शो को विजेताले रु २५ लाख नगद ,दोश्रो र तेश्रो हुने ले १५ र १० लाख नगद पाउने छन् ।

विजेताले कोरियोग्राफरसँग पाउने पुरस्कारको ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ

शोको सञ्चालन रीमा विश्वकर्मा र सुमन कोइरालाले गर्नेछन् ।विशालले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए भने उनकै निर्देशनमा ‘कमेडी च्याम्पियन’ पनि प्रसारण भएको थियो ।