साउथह्याम्टन शीर्ष ५ मा

मंसिर २३, एजेन्सी  – प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले ब्राइटोनलाई पराजित गरेको छ ।

सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए ।

खेलमा अग्रता २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन ९ मिनेट अघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितपछि साउथह्याम्टन २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

ब्राइटोन १० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।