नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल २०२०’ को उपाधी

मंसिर २०, काठमाडौं  – यस बर्षको मिस नेपाल वर्ल्ड – २०२० को उपाधि  काठमाडौँकी नम्रता श्रेष्ठले जितेकी छिन् ।

उनले २० जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी हात पारेकी हुन् । पार्क भिलेजमा सम्पन्न भएको प्रतिस्पर्धामा उपाधी जितेकी नम्रतालाई पुर्व मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहिराइदिएकी थिइन् ।

त्यस्तै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् ।

‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।