युरोपा लिग फुटबलमा आर्सनलको शानदार जित

मंसिर १९, काठमाडौं  – आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले ¥यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो ।

बिहीबार रातिको खेलमा आर्सनलको रंगशालामा सीमित दर्शकलाई आउन स्वीकृति दिइएको थियो ।

२७१ दिनपछि दर्शकले रंगशालामा बसेर खेल रहे । भौतिक दूरी कामय गरी मास्क लगाएका दर्शकले खेले हेरेका हुन् ।

लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।