करेन्ट लागेर २५ वर्षीय युवकको मुत्यु

मंसिर १८,पर्सा  – करेन्ट लागेर पर्सामा २५ वर्षीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बहुदरमाई नगरपालिका ६ गमरिया बस्ने २५ वर्षीय दिनेश साह रहेका छन् ।

मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।