बिबाह बन्धनमा बाधिदै स्वेता

 

मंसिर १८, काठमाडौं अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।

उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।

उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् ।

बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।  उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।