वरुण र साराको ‘कुली नम्बर १’ को ट्रेलर रिलिज (भिडियो)

मंसिर १६, काठमाडौ –  बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको कमेडी फिल्म ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता गोविन्दा र करिश्मा कपूर अभिनित ’कुल्ली नम्बर १’ को रिमेक रहेको चलचित्रलाई निर्देशक डेभिड धवनले निर्देशन गरेका हुन ।
चलचित्रमा वरुण र सारासँगै परेश रावल, जावेद जाफरी, जोनी लीभर, राजपाल यादव लगायत कलाकारहरुको अभिनय रहेको छ ।

क्रिसमस २५ डिसेम्बरमा अमेजन प्राइम भिडियो मार्फत प्रर्दशन रह्ने चलचित्रलाई वाशु भगनानी, ज्याकी भगनानी र दीपखिशा देशमुखले निर्माण गरेका हुन् ।