नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल

मंसिर १५, काठमाडौ- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुट्ने दाबी गरेका छन । पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न भनेका छन ।

नेता खनालले ठूलो भाग खान पाउँछु भनेर कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ नपाउने वताए । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उनले अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताए ।

खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको पनि वताए । उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे ।