पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित

मंसिर १४,एजेन्सी  – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा डिपोर्टिभो अलाभेससँग २ १ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा हार व्यहोरेसँगै रियल लिगको शीर्ष ३ मा उक्लन असफल भएको छ ।

रियल १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अलाभेस १३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।