प्रजातन्त्र सेनानी घोइरो कामीको निधन

मंसिर १०, काठमाडौ- प्रजातान्त्रिक आन्दोलनका एक हस्ती दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशको लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आउनुभएका कामीको मङ्गलबार साँझ निधन भएको हो ।

दम र मुटुको समस्यावाट पडित कामीको आफ्नै निवासमा मृत्यु भएको हो । उनी अस्वास्थ्यका कारण आफ्नै निवासमा जेठ महिना देखि कष्टकर जीवन बिताउँदै आएका थिए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति लमजुङका सभापति भेषबहादुर पौडेलको उपस्थितिमा वुधवार उनको अन्यष्टी गरिने भएको छ ।

प्रजातन्त्र सेनानी कामीका एक छोरा, एक बुहारी, चार छोरी र छोरापट्टीको एक नाती छन । श्रीमतीको भने करिब दुई दशक अघि नै निधन भइसकेको छ । उनी नातीसँग बस्दै आएका थिए ।

कामी प्रजातन्त्र सेनानी कामी बिपी स्मृति ट्रस्टद्वारा विसं २०७२ मा सम्मानित भएका थिए । हुनुभएको थियो । विसं २००६ मा राणा शासनको विरुद्धमा काँग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका कामीले सम्मानस्वरुप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा ३ कट्ठा जग्गासमेत बकस प्राप्त गगरेका थिए ।