दुर्घटनाबाट दुई जनाको मृत्यु

मंसिर ९, काठमाडौ – मोटरसाईकल दुर्घटनाबाट एक युवकको मृत्यु भएको छ । मोरङ बेलबारी-७ बस्ने ३७ बर्षीय नविन पौडेलको हिजो साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएको मोटरसाईकलसंग ठक्कर खाई दुर्घटना हुदा गंभिर खाइते भएका थिए । ।

उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाईकलमा रहेका अन्य तिन जना समेत घाईते भएकोमा उनिहरुको उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ पथरी शनिश्चरे-२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे को १ ख ६८३१ नम्बरको बसले मे ८ प ६३७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक झापा मेची नगरपालिका ९ बस्ने ३२ बर्षीय मुकेश प्रसाद पौडेल गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक संजय साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।