एन आई सी एशिया लघुवित्त सम्मानित

मंसिर ८, काठमाडौ – एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आइतवार आयोजित एक कार्यक्रमका बिच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मान गरेका हुन ।

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय राखेर देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्तले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।
संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु. ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको जनाएको छ ।

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले जनताले गरेको विश्वास, स्नेह र यस संस्था प्रतिको भरोसालाइ आत्मसाथ गर्दै हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।