श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

मंसिर ८, झापा -कमल गाउँपालिका-६ का ४७ बर्षीय चुडामणी भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आईतवार अपरान्ह साँढे ५ बजेको निजको श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका-२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको तथा खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।