नेराबैंकले रु १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

मंसिर ७ ,काठमाडौ – नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल रु दुई अर्ब २३ करोड ३२ लाख ९१ दिने अवधिको हो । यस्तै रु १२ अर्ब ४७ करोड कूल १८२ दिनका लागि र रु ११ करोड भने कूल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । रासस