एन्जाईटि समस्यामा योगको भुमिका

 

एन्जाईटि के हो ?

मंसिर ५, काठमाडौं  –  एन्जाईटि एक भावनात्मक अवस्था हो। यसमा खास गरी मान्छेको शारिरीक, मानसिक, वैचारीक र भावनात्मक अवस्थामा परिवर्तन भई असामान्य लक्षणहरु देखा पर्दछ।एन्जाइटि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ व्याकुलता अथवा व्यग्रता हो।

एन्जाइटि धेरै प्रकारको हुन्छ। जस्तै जनरल एन्जाईटि डिसअडर, सोसियल(सामाजिक) एन्जाईटि डिसअडर, पेनिक (आतंक, त्रास, अत्यास, भय) एन्जाईटि डिसअडर, एगोरो-फोबिया (भिड भाडको डर लाग्ने), विशेष फोबिया (कोहि हार्ट एटैकले मरेमा मलाई पनि हुन्छ कि भनेर डराउने यि माथिका सबै एन्जाईटि डिसअडरमा पर्ने हुनाले यस रोगलाई एक सामुहिक मानसिक रोग भन्ने पनि गरिन्छ। यसमा मान्छे तनावमा रहन्छ, अत्याधिक डराउने विनाकारण चिन्ता लिने भिवष्यको बारेमा सोचिरहने हुन्छ।

एन्जाईटि हुनुको कारणहरु

वँशाणुगत गुणका कारण

मस्तिष्क स्नायुमा हुने गडबडीका कारणहरु

पारिवारिक तनाव

दुर्घटना 

कामको बोझ

अनिन्द्रा

धुम्रपान

मध्यपानको कुलतमा फसेका व्यक्तीहरु

दीर्घरोग लागेकाहरु जस्तै  मुटुरोग, मधुमेह, थाईराइडको समस्याका कारणले पनि एन्जाईटिको समस्या आउने हुन्छ।

एन्जाईटिमा हुने लक्षणहरु

यसमा दुई किसिमका लक्षणहरु देखा पर्दछन्

१. शारिरीक लक्षण

२. मानसिक लक्षण

१. शारिरीक लक्षणहरु- काम नगर्दा पनि थकान महशुश हुनु ,शरिरका वभिन्न भागमा दुखाईको महशुश हुनु, मुटुको चाल बढेको महशुश हुनु, सुत्नलाई वाधा पर्ने, निद्रा नलाग्ने हुन्छ।

२. मानसिक लक्षणहरु – धेरै चिन्ता लिने, विनाकारण चिन्ता लिने ,छठपटि हुने ,मन डुलिरहने ,एकाग्र नहुने हुन्छ।

एन्जाइटि हुँदा सचेत हुनुपर्ने कुराहरु

  • एन्जाइटि उपचार गर्नुअघि के कारणले भएको हो पत्ता लगाउनु पर्दछ।
  • रक्सी खाएर एन्जाइटी कम भएको अनुभव हुन्छ, तर यो गलत हो। रक्सिजन्य पदार्थमा निर्भर हुनु हुँदैन।
  • यसलाई बेलैमा उपचार गर्न नसके धेरै कुरा गुम्छ। त्यसैले नै चाँडै नै रोगलाई पहिचान गरेर उपचार गर्नु पर्दछ।
  • एकपक्षले यसलाई रोगनै मान्दैन अर्कोले यसलाइ लुकाउन खोज्छ। तर यसलाई बेलैमा उपचार गर्नुपर्छ।

एन्जाईटि हुँदा गर्नु पर्ने योग अभ्यासहरु  

मार्जरी आसन, शशाँक आसना ,अधोमुख श्वानासना आदि शिर निहुराएर गरिने आसन गर्नु प्रभावकारी हुन्छ किनकि यि आसनहरुले मस्तिश्कसम्म सञ्चार हुन जान्छ र मस्तिष्कमा प्रशस्त अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशिल हुन जान्छ जसले गर्दा एन्जाइटि समस्याबाट मुक्त हुन सकिन्छ।

  • गणेश गैरे(Msc Yoga therapy SVYASA University Banglore) [email protected]