हुम्लाको उत्तरी नाम्खा गाँउपालिका अध्यक्ष भन्छन् ‘कोरोना वढेको छ, कोभिड व्यवस्थापन समिति निष्क्रिय छ ।’

काठमाडौं – हुम्लाको उत्तरी नाम्खा गाँउपालिकाको केन्द्र याल्वाङमा केहि दिन अघि ४ जनामा कोरोना पोजेटिभ देखियो । महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको छ । हालसम्म ५६ जना संक्रमित भएका छन् । संक्रमित ब्यक्तिहरुलाई गाउपालिकाको पहलमा बिद्यालय गुम्बन लगायत स्थानमा आइसोलेशनमा राखिएको छ ।

संक्रमण फैलिएसंगै जिल्लामा आवातजावत बन्द गरिएको छ । केहि समय खुल्ला रहेका शैक्षिक संस्था पनि बन्द भएका छन् । यसै सन्र्दभमा त्यहाका अवस्थाबारे नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर तामाङसंग इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

गांउपालिकामा कोरोना भाइरसको अवस्था कस्तो छ ?

केहि दिन अघि यस पालिका अन्र्तगतको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारी सहित ४ जनालाई कोरोना संक्रमिण देखिएसगै फैलिने क्रम बढेको छ । हालसम्म ५६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । ३ सय बढीमा परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । संक्रमीत ब्यक्तिहरुलाई छुटैैं आइसोलेशनमा राखिएको छ । कन्ट्रयाक्ट टेसिङका ब्यक्तिहरुलाई होम आइसोलेशनमा राखिएको छ ।

संक्रमण समुदाय स्तरमा फैलिएको हो ?

समुदाय स्तरमा नै संक्रमण फैलिएको बिभिन्न समाचारहरु आएका छन् । जुन सत्य छैन । समुदाय स्तरमा फैलिएको हालसम्म कुनै पुष्टि भएको पनि भएको छैन् । भाम्रक समाचारका भरमा समुदाय स्तरमा फैलियो भनेर भन्न मिल्ला र ?

संक्रमण ह्वात्तै कसरी फैलियो त ?

संक्रमण फैलिनुको कारण मौसम परिवर्तनको अनुमान हामीले गरेका छौ । यहा अहिले हिमपात शुरु भएको छ । यहाको तापक्रम माइनसमा पनि पुग्ने गर्दछ । चिसो मौसममा चाडो फैलिने हो कि भन्ने हाम्रो ठम्याई छ । अर्को कुरा कोरोना रोकथाम र नियन्त्रणका लागि कसैको सहयोग छैन यहाँ । जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन समिति गठन भएपनि निष्क्रिय छ । पटक पटक नियन्त्रणका लागि अपिल गरेपनि आश्वासनमात्र आउने गर्दछ । गांउपालिकाको पहलले मात्र थेग्न सकेको छैन ।

प्रदेश र केन्द्रिय सरकारबाट कसरी सहयोग पाइरहनु भएको छ ?

संक्रमण फैलिए संगै हामीले केन्द्रिय सरकार र प्रदेश सरकार सबैलाई जानकारी दिएका छौं । यो अवस्था आउन सक्दछ भनेर हामीले प्रदेश स्थित सामाजिक बिकास मन्त्रीलाई खवर पु¥याएका थियौ । अठ्यारो पर्दा हामी छौं भनेर आश्वासन त दिनुभयो तर प्रभावकारी कदम केहि भएन । केन्द्रवाट पनि त्यस्तै छ ।

संक्रमितहरुको ब्यबस्थापन चांहि कसरी भइरहेको छ ?

संक्रमितहरुको अवस्था अहिले सबैको सामान्य छ । सबै संक्रमित आइसोलेशनमै छन् । कुनै पनि ब्यक्तिमा स्वास्थ्य समस्या देखिएको छैन । संक्रमितहरुको लागी स्वास्थ्यकर्मीहरु पनि गांउपालिकाबाटै परिचालन गरेर निगरानी गरीरहेका छौं ।

चिकित्सक र स्वास्थ्य उपकरणको उपलब्धता कस्तो छ ?

यस गांउपालिकामा हामीले आफ्नै तवरबाट परिचालन गरेका छौं । यहा दुईबटा ल्याब मार्फत एन्टिजिन परिक्षण गरेका छौै । एन्टिजिन परिक्षणका आधारमा हामीले संक्रमित छुट्याउछौं । एन्टिजिन परिक्षण गर्दा पोजेटिभ आएमा स्वाव पिसिआरका लागि अन्यत्र पढाउछौं । यहा भेन्टिलेटर आइसोलेशनको अवस्था छैन । संक्रमितलाई समस्या परेमा यहां उपचार गर्न सकिने ब्यवस्था छैन । समस्या भए अक्सिजन राखेर उपचार गरीरहेका छौ । संक्रमितलाई समस्या आइपरेमा अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ ।

अब रोकथाम र नियन्त्रणा का लागि तपाईहरुको कदम कस्तो हुनेछ ?

संक्रमितका सम्पर्कमा आएका सबै ब्यत्तिहरुको हामीले परिक्षण गरिसकेका छौं । भिडभाड हुने स्थानहरु हामीले नियन्त्रण गरेका छौैैं । बाहिरबाट आवातजावत ठप्प भइसकेको छ । अबको हाम्रो रणनीति भनेको अत्याधिक मात्रामा टेस्ट गर्नु हो । संक्रमितहरु पहिचान गर्दै उनीहरुलाई सुरक्षित स्थानमा राख्नु हो ।