सर्ट फिल्म ’सम्बन्धक्’ सार्वजनिक

मंसिर ३, काठमाडौं –  सर्ट फिल्म ’सम्बन्धक्’ सार्वजनिक भएको छ ।

सिद्धार्थ पुडासैनीद्वारा निर्देशित फिल्म भाइटिकाको पूर्व सन्ध्यामा युट्युबमा रिलिज भएको हो फिल्मको कथा निर्देशक पुडासैनीले नै लेखेका हुन्।

फिल्म सम्पादन पनि उनले नै गरेका हुन् । फिल्ममा कलाकारहरू मिरा खड्का, सन्देश शाक्य, सीमान्त पुडासैनी, आकाङ्क्षा जिसी, सिद्धान्त पुडासैनीको अभिनय रहेको छ ।

’टुनामुना’ प्रोडक्सनको प्रस्तुति फिल्मलाई मनिस पोखरेल र क्षितिज कार्कीले खिचेका हुन् ।