शंकर र काजीको निर्देशनमा ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक

कात्तिक ३०, काठमाडौं – शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा ‘माया लाउँ कि नलाउँ भो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त म्यूजिक भिडियो शनिवार युट्यूव च्यानलवाट सार्वजनिक गरिएको हो । गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको स्वर रहेको छ ।

गायक पौडेलको शव्द रहेको उत्त गीतको म्युजिक भिडियोमा रमेश तिवारी र नायिका केकी अधिकारीले अभिनय गरेका  छन । साथमा बाल कलाकारको रुपमा अन्सुमन पौडेल र अकेशा पोखरेललाई देख्न सकिन्छ ।

गीतमा टिका भण्डारीले संगीत भरेका छन् । गीतको संयोजन रोमी बस्नेतले गरेका छन् ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका छन् भने भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।