काजलको हेप्पी हनिमुन, फोटो भयो भाइरल

काठमाडौ – यस समयमा काजल अग्रवाल आफ्नो निकै महत्वपुर्ण र सुन्दर समयको मालदिवमा आनन्द लिइरहेकी छन् । उनी अहिले आफ्ना पति गौतम किचलूसँग हनिमुन इन्जोई गर्दै छन् । काजलले आफ्नो हनिमुनका केहि फोटोहरु सोशल मिडियामा शेयर गरेकी थिइन् जुन हेर्दाहेर्दै शोसल मिडियामा भाइरल भएको छ ।

काजल यस फोटोमा ब्लू रङ्गको बेकलेसमा निकै सुन्दर देखिएकी छिन् । उनी गौतमसँग पानी भित्रको रुममा बसेको देखिएकी छन् । जोडीको साथसाथै उनको वरिपरिको वातावरण निकै सुन्दर र लोभ लाग्दो देखिएको छ जहा सुन्दर माछाहरु तैरिरहेका छन् ।

काजल अग्रवालले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो हनिमुनको फोटोहरु शेयर गरेकि हुन । हरेक फोटोहरुमा काजल फरक फरक मूडमा देखिएकी छन् । कुनै फोटोमा उनी गौतमसँग अण्डर वाटर रोमान्स गदै छिन भने कुनै फोटोमा दुवै जना समुन्द्रको किनारमा बसि नजारालाई इन्जोइ गरिरहेको देखिएको छ । काजलका हनिमुन फोटोजहरु मानिहरुले निकै मनपराईरहेका छन् ।

गौतम र काजलको रिलेशन सात बर्ष पुरानो हो । उनीहरुले माहामारीका बीच ३० अक्टूबरमा विवाह गरेका थिए । काजलले एक इन्टरभ्युमा भनेकी थिन् “हामी लकडाउनमा हाप्तौंसम्म भेट्न सकिरहेका थिएनौं ।”  उनीहरु माक्स लगाएर ग्रोसरी स्टोरमा भेट्ने गर्थे । यसै समयमा उनी वीच यो महसुस भयो कि अव एकअर्कासगँ जिवन विताउ ।