यस्तो देखियो चलचित्र ‘गुञ्जन’को फस्टलुक

कात्तिक २९, काठमाडौं – अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।

सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ ।

बिगत २ दशकदेखि फिल्मको द्धोन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो ।  सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । \

प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।