कामनपा वडा अध्यक्षको भनाई, ‘खान गारो भए हामी काँहा आउनुहोस् ।’

काठमाडौँ – कोरोना कहरको कारण खान वस्न कठिन भएको समाचार बाहिर आउदा काठमाडौ महानगरपालिका वडा नम्वर १ का अध्यक्ष भरतलाल श्रेष्ठले ‘खान गारो भए हामी काँहा आउनुहोस् ।’ भनेका छन । उनले वजेट र काम भए पनि कोही व्याक्ति समस्या लिएर नआएको वताए । यिनै अध्यक्ष श्रेष्ठसंग कोरोना रोकथाममा वडाले गरेका काम, राहतको व्यवस्था र संक्रिमितलाई दिएको सहयोगवारे प्रस्तुत छ अन्जना सिवाले गर्नु भएको कुराकानी ।

वडामा कोरोना भइरसको अहिले अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा केहि वढी संक्रमित थएिका छन् । तर आत्तिई हाल्ने अवस्था भने छैन । हाम्रो वाडामा अहिले कुल संक्रमितको संख्या २३० रहेको छ । जसमध्य निको भएका २०० जना छन । अहिले होम आइशोलेसनमा २७ जना छन भने ३ तिन जनाको मृत्यु भएको छ । अहिले सम्म हाम्रो यस वडामा २०७ जनाको पिसिआर टेष्ट गरिसकेका छौ ।

कोरोना भाइरस नियन्त्रणका लागि वडाले के कस्ता कामहरु गर्दै आएको छ ?
कोरोना भाइरस नियन्त्रणका लागि हामिले कोरोनाबाट “बाचौं र बचाउँ” स्लोग्न सहित घरदैलो जनचेतन जागरुकता अभियान सञ्चालन गर्दै आएका छौ । यसमा वडाको अधिक जनघनत्व भाएको ठाउँ जस्तै गौचरण, सम मार्ग, नारायनहिटी, भगवती बाहाल र अन्य सानो ठाउँलाई पनि जनचेतनाको काममा समेटेका छौं ।

यस वडामा शहरी गरिब जस्तै ज्यालादारी गरि गुजारा गर्नेहरुका लागि वडाले राहतको कस्तो व्यस्थापन के गरेको छ ?
हामिले राहतको प्रयाप्त व्यस्थापन गरेका छौ । सुरुका दिनमा हामिले लगभक एक हजार जना भन्दा बडिलाई राहत वितरण गर्याैं । हामिले राहतमा दाल, चामल, तेल, चिउरा सेनिटाजर आदि राहत बाड्यौं । तर विडम्बना अहिले हामी काहाँ कोहि पनि राहतका लागि भनेर आएका छ्र्रैनन् । वडाले कुनै पनि व्यक्ति जसलाई राहतको आवश्यक पर्छ उस्का लागि हामीले कामको व्यवस्था गरेका छौ । वडाले व्यक्तिलाई काम दिन्छ । काम बापत उनीहरुलाई दिनको ७५० को दरले पारिश्रमिक प्रदान गर्छौं । वडाबाट हुनेसक्ने सहयोग गर्न हामी तयार छौं । खान गारो भए हामी काहा आउनुस ।

यस वडामा क्वारिन्टिन र आइशोलेसनको आवस्था कास्तो रहेको छ ?
क्वारिन्टिनको त कुरा नगरौं अब । भएको क्वारिन्टिन सरकारले हटाईसकेको छ । तर आइसोलेशन भने काठमाडौ नगरपालिकाले व्यावस्था गर्ने योजना वनाएको थियो यद्यपी त्यो सफल हुन सकेको छैन । हाललाई वडाबाट आइशोलेसनको कुनै व्यवस्था छैन । वडाका कुनै पनि व्यक्तिलाई पोजेजिभ देखियो भने हामीले तुरुन्त फोलोअप गर्ने गरेका छौ । संक्रमितको मनोबल बडाउन हामीले पटपटक फोन गरेर हालखबर र अवस्था बारे बुझ्ने गरिरहेको छौं ।

काठमाडौ नगरपालिकाले वडालाई कोरोना नियन्त्रणका लागि के कस्तो सहयोग गरेकोछ ?
अहिले माहानगरपालिकाले कोभिडलाई भनेर यस वडामा दुइ लाख पाठाएको छ । यसैवाट काम गरेका छौ । आवश्यक भए थप रकम पनि आउछ माहानगरले भनेको छ । रकमको खाँचो छैन ।

के यो रकम कोभिडको लागि प्रयाप्त छ ?
आवश्यक्ता आनुसार यसमा थप पनि हुन सक्छ । मेयरसाबले खर्चको उचित विवरण खुलाई थप आवश्यक रकमको माग गर्न सकिने भन्नुभएको छ । आर्थिकले हामिलाई असर पारेको छैन ।

स्वास्थ्य मन्त्रालयले ५० घरधुरीलाई समेटेर निगरानी तथा सहयोग समिति गठन गर्ने भनेको छ यसमा वडाले के काम गरिरहेका छ ?
महानगरपालिकाले निर्देशन दिए अनुसार समिति गठन गर्नु पर्ने हुन्छ । मन्त्रालयले भर्खर निर्णय गरेको छ । महानगरवाट निर्देशन आए पछि समिति गठन हुन्छ ।