राजेश पायलको ‘पूर्वै शहर’मा सन्तोष र सलिनाको अभिनय (भिडियो)

कात्तिक २८,काठमाडौं  – गायक राजेश पायल र निलम रोजु राईको स्वर रहेको गीत‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीत मा आलोक चाम्लिङ राईको शब्द, गायिका निलम रोजु राईको सङ्गीत शृजना समावेश छ । जसमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको भिडियोमा परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि बर्षे देखि जन्मभूमि देखि पर रहेर बाच्नु पर्ने बाध्यता र देश प्रतिको माया लाई भिडियोमा देखाइएको छ ।

नेपाली गाउँ ठाउँकै झल्को दिने बेलायतका रमणीय दृश्यहरू समेटिएको भिडियोको छायाङ्कन सुमन श्रेष्ठले गरेका हुन् । त्यस्तै कलर ग्रेडिङ्ग नवीन निरौला, कस्टम चयन दीपक थापा मैथाने मगर र सरु गुरुङ रानाले गरेका छन् भने सिंगार सन्जु थापा मगर ले गर्नु भएको छ भने व्यवस्थापन सन्तोष राई ले गरेका छन् ।