चक्कर (Vertigo) वा रिङ्गटा  लाग्ने समस्या कम गर्न योग

 

कात्तिक २८, काठमाडौं  – चक्कर लाग्नु भनेको साधारण भाषामा टाउको घुमाउनु वा रिङ्गटा लाग्नु भन्ने बुझिन्छ।

चक्कर (Types of dizziness)का प्रकार

  • हल्का टाउको दुख्दै टाउको घुमाउनु (Lightheadedness dizziness)-यस अवस्थामा तपाइलाई वेहोस भइरहेको अनुभव आउनेछ।
  • वर्टिगो (Vertigo)-यसमा तपाइको वरिपरिको सवै वस्तुहरु घुमिरहेको महसुस गर्नुहुनेछ,केहि समयकोलागी तपाई आफै घुमिरहेको महसुस गर्नु हुन्छ जुन केहि समयपछि अचानक आफै कम भएर जान्छ।

चक्कर किन आउछ ?

चक्कर आउनु एक किसिमको समस्या हो, जुन अनिन्द्रा, कमजोरी आदीले क्षणिक रुपमा चक्कर लाग्ने हुन्छ। तर धेरै पटक चक्कर लाग्ने भयो भने यसलाई गम्भिर ठान्नु पर्दछ।

चक्कर आउनुको प्रमुख कारण शरिरमा शुगरको मात्रा कमिहुनु ,रक्तचाप बढ्नु ,शरिरमा रगतको कमि आदि।

चक्कर आउनुको अन्य कारणहरु

माइग्रेन

तनाव या चिन्ता

लो ब्लडशुगर

कानको सँक्रमण

निम्न रक्तचाप लो ब्लड प्रेसर

पानीको कमि तथा गर्मिले थकान महशुश हुनु

कान या टाउकोमा चोट लाग्नु

कानको भित्र ट्युमर हुनु

एनिमिया

चक्कर लाग्ने लक्षण

  • टाउको चर्कनु, ,बाराम्बार टाउको दुख्नु
  • छाति दुख्नु
  • सास फेर्न गाह्रो हुनु
  • नमनेस वा प्यारालाईसिस हुनु खुट्टा र पाखुरामा
  • एउटा वस्तुलाई दुईवटा देख्नु
  • मुटुको ढुकढुकी बढ्ने वा घट्ने हुनु
  • शरीर अनियन्त्रित भएको अनुभूति,
  • आँखा धमिलो देख्नु,
  • अध्याँरो छाउनु,
  • अनुहार फिका हुनु,
  • शरीर चिसो हुनु ।
  • शारीरिक कमजोरी महसुष हुनु,
  • चक्कर लागेर लड्नु,
  • वान्ता हुनु,
  • बोल्नुमा कठिनाइ हुनु आदि ।

के खाने ?

  • सात्विक, सुपाच्य भोजन  गर्ने ।
  • मह र कागतीको रस घोलेर मनतातो पानीसँग खाने।
  • कमजोरीले चक्कर लागेको छ भने एक कप पानी वा दुधमा एक चम्चा ग्लुकोज घोलेर पिउने ।
  • अमलाको सर्वत पिउने ।
  • धेरै मसलेदार, चिल्लो खानेकुरा नखाने ।
  • एलोपेथिक औषधी आफुखुसी सेवन नगर्ने ।
  • हरेक दिन ५ गिलास भन्दा बढी पानी पिउनुहोस् ।

के गर्ने

  • घिउमा ५० ग्राम किसमिस हल्का आँचमा पकाएर स्वाद अनुसार नुन मिसाउने । त्यसलाई दिनमा तीन पटक सेवन गर्नुपर्छ ।
  • एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्नुपर्छ ।
  • यदि तपाईलाई गर्मीको कारणले चक्कर लागेको छ भने अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने । बिहान यसलाई छानेर पिउनुपर्छ ।
  • बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्नुपर्छ ।

चक्कर लाग्दा के गर्ने के नगर्ने ?

  • पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिँड्नहोस् । अग्ला-होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्नुहोस् ।
  • चक्कर आउनसाथ आरमसाथ बस्नुहोस् । सुविधा हुनसाथ ओछ्यानमा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् ।
  • निदाउने कोसिस गर्नुहोस् । पर्याप्त निन्द्रा लिनुहोस् ।
  • नियमित रुपले व्यायाम, योगासन गर्नुहोस् ।
  • चक्कर आयो भने विस्तारै विस्तारै गहिरो सास लिनुहोस् ।
  • चिया, चुरोटको सेवन नगर्ने ।
  • मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।
  • चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्नुहोस् । किनभने त्यसले उच्च रक्तचाप बढ्छ।

योग के के गर्ने

वर्टिगो तथा रिङ्गटाको लागि योगभ्यासहरु

१ पश्चिमोत्तानासना

२ हलासना

३ सर्वाङ्गासना

प्रणायाम

१ भ्रामरी

२ नाडीशुद्धि

३ अनुलोम विलोम

ध्यान

ओम मेडीटेसन

लेखक – गणेश गैरे(Msc yoga therapy)