बिहीबार थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक २७, काठमाडौ – स्वास्थ्य ताथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको छ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४९ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६४ हजार ५ सय ९२ जना निको भएका छन्।