वडा अध्यक्ष ढकाल भन्छन, ‘न सरकारले काम गर्छ न वडालाई जिम्मेवारी दिन्छ ।’

काठमाडौ- काठमाडौ महानगरपालिका वडा नम्वर २९ महानगरको धेरै जनघनत्व भएको वडा मध्ये पर्दछ । कोरोना भाइरसको प्रभाव पनि यहाँ वढेको छ । पाँच जनाको अहिले सम्म निधन भएको छ । सक्रमितहरु सयौको सख्यामा आइसोलेसन र क्वारेन्टिनमा छन । यसै गरि रोजगार गुमाएका मजदुर पनि छन यस वडामा । कोरोना कहरमा वडाले वडावासीका लागि के कसरी काम गरिरहेको छ ? प्रस्तुत छ, यहि प्रश्नलाई मुख्य मुद्दा वनाएर इमेल खवर डट कमका लागि अन्जना शिवाले वडा अध्यक्ष कुश ढकालसंग गरेको कुराकानी ।

यस वडामा कोरोना भाइरस सक्रमणको अवस्था कस्तो छ ?

यस वडामा अहिले आत्तिई हाल्ने त्यस्तो केहि पनि छैन । अहिले सम्म हाम्रोमा रहेको रेर्कड अनुसार संक्रमितको कुल संख्या ९८३ रहेको छ । जसमा होम आइशोलेसनमा २४४ जना छन् । त्यस्तै क्वारिन्टिनमा ७ जना र कोरोना निको भएका ७२१ जना रहेकाछन् । दुखद मृत्यु हुनेको संख्या ५ रहेको छ । अहिले सम्म वडामा पिसिआर टेष्ट गर्नेको संख्या ९९७ रहेको ।

कोरोना भाइरस नियन्त्रणका लागि वडाले के के गरेको छ ?

हामीले वडाबासीमा जनचेतना फैलाउने काम गरिरहेको छौ । हाम्रो कार्यालयमा रहनु भएका दूइ जना स्वास्थ्यकर्मी मार्फत फोन तथा घरघरमा गएर जनचेतना जगाउने गर्दछौ । साथै स्वास्थ्य अवस्था बुझिरहेका छौ । हाम्रो क्षमताले सकेको आवश्यक सहयोग गरिरहेका छौ ।

यस वडामा शहरी गरिबहरु पनि छन । ज्याला मजदुरी गरेर गुजारा गर्ने पनि छन् । उनीहरुलाई राहतको कस्तो व्यवस्था गर्नु भएको छ ?

हामीले नसक्नेका लागि चामल, दाल, तेल र तरकारी जस्ता खाद्य सामाग्री बाँडेका छौ । यस वडामा हामीले प्रसस्त राहत बाडेका छौँ । कतिलाई टोलटोलमा गएर वडेका छौ । बोलाएर पनि बाँडेका छौ । यस्तै युनिसेफले पठाएको प्याकेज पनि बाँड्यौं । अहिले सम्म हामीले सरकारीबाट बिस लाख र निजी क्षेत्रको सहयोग सत्तरी लाख गरि कुल एक करोड वरावरको राहत प्याकेज वितरण गरिसकेका छौँ ।

वडावासीले कोरोनाको सङ्का अथवा लक्षण देखिएमा परिक्षणको लागि वडाबाट कसरी सहयोग पाउँन सक्छन् ?

वडामा दुई जना स्वास्थ्यकर्मी खटिनु भएको छ । उहाँहरुलाई फोन गर्ने अथवा मलाई पनि फोन गरे हुन्छ । सुचना आए पछि हामीले तुरुन्त उहाँहरुलाई सम्पर्कमा ल्याई पिसिआर टेष्ट गराई हाल्छौ ।

स्वास्थ्य तथा जनसंख्या छ मन्त्रालयले निगारानी तथा रहयोगका लागि काम गर्न भनेको छ अव यस वडाले के कसरी काम गर्छ ?

मंगलवार मात्र यो निर्णय मन्त्रालयबाट भएको छ । हामीले यो तिहार पछिमात्र गठन गर्ने निर्णय गरेका छौ । यस समितिमा हामीले सर्वदलिय, क्लब, टोल सुधार समिति र सकमजसेवी लगायत सबैलाई मिलाएर गठन गर्छौ ।

वडामा संक्रमितहरुका लागि क्वारिन्टिन र आइशोलेसनको व्यवस्था कसरी र काँहा काँहा गर्नु भएको छ ?

वडामा क्वारिन्टिन र आइशोलेसनको व्यवस्था छैन । सरकारले कुनै चासो पनि देखाएको छैन । सहयोग गरेको छैन ।

संक्रमितहरु आफूखुशी हिडिरहेका छन् भन्ने जनगुनासो पनि आर्ईरहेका छन् । यसले संक्रमणको जोखिम बडिरहेको छ होईन ?

हो, संक्रमितहरु आफूखुशी गरिरहेका छन् । हामीलाई थाहा छ । तर यस विषयमा वडाले कुनै पहल गरेको छैन । सकेको छैन ।

सक्रमण रोक्नका लागि संक्रमितको निगरानी पनि गर्नु भएको छैन । क्वारेन्टिन तथा आइसोलेसनको पनि व्यवस्था छैन भन्नु हुन्छ । के गर्छ वडाले ?

हेर्नुस नाम मात्रको लागि वडा भएको छ । न सरकारले काम गर्छ न वडालाई जिम्मेवारी दिन्छ । हामीलाई सरकारको कुनै साथ सहयागे र जिम्मेवारी छैन कोरोनाको सम्वन्धी । कसरी हुन्छ काम ?