प्रताप र अस्मिताको आवाजमा ‘आउ माया साथै’ सार्वजनिक

कात्तिक २४, काठमाडौं  – चर्चित डान्सर जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आउ माया साथैमा बोलको गीतलाई गायक प्रताप दास र गायिका अस्मिता अधिकारीले आफ्नो आवाज दिएका छन् ।

गीतमा गंगा दुलालको शब्द छ भने राजेन्द्र बजगाईँको एरेन्ज र म्युजिक रहेको छ ।

उत्सव दाहालले खिचेको गीतको भिडियोलाई माईकल चन्दले निर्देशन गरेका छन् ।