शनिबार थप २ हजार ७५३ कोरोना संक्रमित, निको भए २ हजार २०६ जना

कात्तिक २२, काठमाडौ – शनिबार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेकोले जनाएको छ

देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।