यसरी राखौं मुटुलाई स्वास्थ्य

कात्तिक २१, काठमाडौं  – मुटुलाई स्वास्थ्य राख्न   बिभिन्न तत्वहरुले काम गरेको हुन्छ । मुटुलाई स्वास्थ्य राख्न खानपान देखि जिवनशैलीमा ध्यान दिनुपर्दछ । मुटुलाई स्वास्थ्य राख्नका लागी निम्न कुराहरु गर्न आवश्यक छ ।

तौल घटाउने
मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले मुटु रोगको खतरलाई बढाउछ। हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्न सकिन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ।

रातो मासु नखाने
मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन्। धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ। रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ।

थोरै नुन खाने
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ। बयस्कहरुले दिनमा ६ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ। नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ ।

सक्रीय रहने
सधै सक्रीय रहनुपर्दछ । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ। त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ।

तनावमुक्त हुने

तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुपर्दछ । तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ। तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुन आवश्यक छ ।