खुल्लामञ्चमा खाना खुवाउने अभियान्ता भन्छन् ‘महानगरले सहयोगी मनहरु भत्काउने काम गरेको छ ।’

काठमाडौ -कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेबाट देशब्यापी रुपमा लागु गरिएको लकडाउनका कारण धेरैको जनजीवन प्रभावित बन्यो । दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गहरुलाई छाक टार्न समस्या भयो । उनिहरुले न सरकारवाट राहत लिन सके न त मनकारीको मन नै । त्यतिवेला खाली पेटको चोट वोकेका मजदुर तथा अशक्तहरुको सहयोगी बन्यो हन्ड्रेस ग्रुप । यो गु्रपले करिब ८ महिना देखि लगातार खुल्ला मञ्चमा खाना खुवाइरहेको छ । तर अहिले यस ग्रुपका अभियानन्ता अंशु यादवलाई महानगरबाट खाना खुवाउने अभियान रोक्न भनिएको छ ।

महानगरको उक्त निर्देशनलाई अभियान्ता देखि जनस्तरबाटै बिरोध भएको छ । यता अभियान रोक्ने धम्की आए पनि अंशु निरन्तर खाना खुवाउन सक्रिय छन् । धम्कीका भरमा आफुहरुले अभियान नरोक्ने उनी बताउछन् । यसै सेरोफेरोमा रहेर अभियान्ता अंशु यादबसंग इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानीको संम्पादित अंश ।

खुल्लामञ्चमा निःशुल्क खाना खुवाउने अभियान रोक्न महानगरले निर्देशन दिएको बताउनु भएको छ । अब अभियान रोकिन्छ ?

हामीले बिगत ८ महिना देखि लगाातार असाहाय र अशक्तहरुलाई निरन्तर खाना खुवाइरहेका छौं । कोरोना महामारी पश्चात उनीहरुलाई हालसम्म पनि छाक टार्न सक्ने अवस्था छैन । कतैबाट काम पाएका छैनन् । आम्दानीको कुनै बाटो खुलेको छैन । महानगरको धम्कीले हामीले अभियान रोक्दैनौ । महामारी रहुन्जेल छाँक टार्न समस्या हुनेहरुलाई निरन्तर खाना खुवाउछौं ।

अभियान रोक्नका लागी तपाईलाई महानगरवाट के भनियो ?

मलाई एकजना डिएसपीले फोनमार्फत धम्की दिनुभयो । उहाँले तपाइहरुले महानगरबाट स्विकृती लिनु भएको छैन । अब देखि खुल्लामञ्चमा खाना खुवाउन पाउनुहुन्न भन्दै थर्काउनु भयो । उहाँले महानगर र सिडियो कार्यलयबाट पनि स्विकृति नलिएकाले तपाइहरुले काम रोक्नुस भन्नुभयो । उहाले अब देखि खुल्लामञ्चमा खाना ल्याए रोकिदिन्छु भन्नु भयो ।

महानगरको यो कदमलाई तपाइले कसरी हेर्नु भएको छ ?

जब देशमा महामारी शुरु भयो त्यसबेला अशक्त तथा असाहाय विपन्न वर्ग भोकभोकै लड्न थाले । उनीहरुको भोको पेट भर्ने हाम्रो अभियान हो । हामीले कुनै नराम्रो काम गरेका छैनौ । हामीले आफै सहयोगी जुटाउदै विपन्न बर्गको पेट भरेका हौं । सानोसानो सहयोग जुटाएर हामी अभियान चलाएका हौ । यस्ता अवस्थामा हामीलाई महानगरको सहयोग आवश्यक छ । तर, महानगर हामीसंग अक्रामक भयो । महानगरको यो कदमले सहयोगी मनहरुलाई भत्काउने काम गरेको छ । चित्त दुखेको छ ।

महानगरले विकल्प पनि दिएको होला नी ?

वाटोमा खाना खुवाउदा महानगरको वेइज्वत भयो रे । त्यसैले महानगरले पार्टी प्यालेसमा अथवा घरमा लगेर खाना खुवाउं भन्दै धम्की दियो । हाम्रो भनाई के छ भने यदि बेइज्वत भए ब्यवस्थित तरिकाले विपन्न बर्गहरुलाई गास बासको ब्यवस्था महानगरले गरोस ।

निःशुल्क खाना खुवाउने क्रममा धेरै अवस्थित भयो भन्ने महानगरको भनाई छ नि ?

मैले अघि पनि भने हामी स सानो सहयोगमा चलेका छौं । हामीले प्रयाप्त ब्यस्थापनका लागी बजेट छैन । महानगरले धम्काए जस्तो पार्टी प्यालेसमा खुवाउने क्षमता हाम्रो छैन । यदि महानगरलाई हाम्रो अभियान अवस्थित लागे सहयोगी बनेर आफै ब्यस्थापनको पहल गरोस । महामारी र संकटको समयमा निदाएको महानगर अब ब्युँझियोस ।

अहिले दैनिक रुपमा खाना खान आउनेहरुको संख्या कत्ति छ ?

पहिलाको समय भन्दा अहिले खाना खान आउनेहरुको सख्या घटेको छ । अहिले हामीले दुई छाक खाना खुवाउछौं । अहिले खाना खानेहरुको संख्या दैनिक ३०० सयको हाराहारीमा छ ।

तपाईहरुको अभियान कहिलेसम्म रहन्छ त ?

अहिले पनि हामीसंग खानाको जोहो गर्न नसक्नेहरु धेरै जना रुने गर्छन् । तपाईहरुले खाना नदिए हामी मर्छौ भन्छन् । आफ्नो कुरा सरकारसंग पु¥याउन उनीहरु मिडिया खोजीरहेका हुन्छन् । यहा खाना आउने बास्तवमै पिडित वर्ग छन् । जो एकदमै बिपन्न बर्ग नै छन् । उनीहरुको गांसको ब्यवस्थापन नहुन्जेल हाम्रो अभियान जारी रहन्छ ।