‘कसले चोर्यो मेरो मन- २’ बनाउँदै छवि ओझा

कात्तिक १७, काठमाडौ – निर्माता छवि ओझाले हिट चलचित्र ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल बनाउने भएका छन् । करिब दश बर्ष अघि अभिनेत्री रेखा फिल्मसको ब्यानरबाट निर्माण भएको चलचित्रको सिक्वेल छविले नयाँ कम्पनी दर्ता गरेर बनाउन लागेका हुन् । चलचित्रलाई सबिर श्रेष्ठले नै निर्देशन गर्ने छन् । दश बर्ष अघि बनेको कस्ले चोर्यो मेरो मनमा अभिनेत्री रेखा थापा र अभिनेता आर्यन सिग्देलको मुख्य भुमिका रहेको थियो ।

उक्त समय दुवै कलाकार व्यस्त र चर्चामा थिए । तर यसको सिक्वेलमा भने को कलाकार हुनेछन् खुलाइएको छैन । बुझिए अनुसार चलचित्रको तयारी लकडाउन बिचमै भएको थियो । चलचित्रको कथा छेतन गुरुङले लेख्दै थिए तर उनको असामयिक निधनको कारण स्कृप्टको काम रोकिएको छ । बुझिए अनुसार चलचित्रमा सम्पुर्ण कलाकार नयाँ हुनेछन् । त्यसो त केहि बर्ष अघि अभिनेत्री रेखा थापाले आफ्नै ब्यानरबाट ‘कसले चोर्यो मेरो मन फेरी’ बनाउने घोषणा गरेकी थिइन । तर उक्त समय यो चलचित्रको काम रोकेर उनले आर्यनलाई लिएर ‘रुद्रप्रिया’ बनाएकी थिइन ।