भिटेनले मागे माफी, गीत संशोधनसहित रिलिज हुने

कात्तिक १६, काठमाडौं –  ¥यापर भिटेनको नयाँ गीत ’पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ ।  शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले गीत संशोधनसहित रिलिज हुने बताएका छन् ।

उनले आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएका छन् ।

विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी मागेका छन्।

प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो।