थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक १५, काठमाडौं –  नेपालमा आज थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ पीसीआर परिक्षण गर्दा २५०८ मा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।