के हो बाथ रोग ? योगद्धारा कसरी समाधान गर्ने ?

काठमाडौं  – वाथ रोग भनेको जीर्ण सुजन विकृती (chronic inflammatory disorder) हो। अर्थात् हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई वाथ रोग भनिन्छ । वाथ रोग विभिन्न थरीको भए पनि निम्न रोगले मान्छेलाई बढी सताएको पाईन्छ।

वाथ रोगका प्रकार

हड्डी बिगार्ने वाथ रोग

मासु बिगार्ने वाथ रोग

नशा बिगार्ने वाथ रोग

मुटु बिगार्ने वाथ रोग

वाथ रोगका लक्षणहरु

– विहान उठ्ने बेलामा हात खुट्टा दुख्ने

– हात खुट्टाका औंला दुख्ने सुन्निुने

– बिहानको समयमा शरीर कडा हुनु जोर्निहरु दुख्ने शरिरको कुनैपनि भागको हाडजोर्निहरु जस्तै हातको औलाहरु, घाँटिको हड्डी, पाखुरा, कुईनो, कम्मर दुख्ने घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।

कसैको केही भाग तथा कसैको सम्र्पूर्ण शरीर दुख्छ ।

जोर्निहरु सुनिने (Minor joint swelling),

फटाफट चल्न नसक्ने (Decrease in range of motion)

अन्य लक्षणहरु

शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )

ज्वरो आउने

कपाल झर्ने

मुखमा घाउ हुने

मुटु काम्ने

हड्डी सुनिने

चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने

मुटु काम्ने

हड्डी सुनिने

खुट्टा झमझम गर्ने , पोल्ने , सिल्का हान्ने, अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने

निद्रा नलाग्ने

गर्भ तुहिने

छाती दुख्ने

खकारमा रगत आउने

श्र्वास लिन गाह्रो हुने।

वाथरोगले शरीरको अन्य भागमा पनि असर गर्छ, जुन निम्न छन्।
छाला

आँखाफोक्सो

मुटु

मृगौला

सलिवरी ग्ल्याण्ड्स,

हड्डीको मासी,

नसाका तन्तुहरु,

रक्तनलीहरु आदी।

वाथ रोग हुने कारण( (बाह्य कारण र आन्तरिक कारण)
बाह्य कारण
अव्यवस्थित जिवनशैली, खानपान, रहनसहन आदी कारणले हुने गर्छ।

आन्तरिक कारण

यूरिक एसिड

वँशाणुगत

अटो इम्युन प्रोसेस आदी

उपचार विधि

वाथ रोगमा योग

आसन

प्रणायाम

क्रिया

भोजन

आसन( सुक्ष्म ब्यायाम, भुजङ्गासन, सुर्य नमस्कार आदी।

प्रणायाम( नाडी शुद्धि, कपालभाँति, भ्रामरी आदी।

क्रिया( जलनेति, सुत्रनेति, उल्टी, लघु सँख्य प्रक्षालन आदी।

ध्यान –  ओम मेडिटेशन, नाद अनुसन्धान आदी विधिहरु अपनाउदा हामी जटिल भन्दा जटिल वाथ रोगका समस्यालाई कम गर्न सकिन्छ।

भोजन

सात्वीक भोजन खाने

ख्याल गर्नुपर्ने कुराहरु
वाथ रोग हुनेहरुले खानपानमा निकै ख्याल गर्नुपछ भिटामिन ए, डी र इ तत्व पर्याप्त मात्रामा खाने गर्नु पर्छ। तर प्रोटिन भएका खानेकुरा खानु हुदैन। जस्तोः टमाटर, पालुग्ङो , तोरीको साग बाथ रोगीका हानिकारक हुन्छ।

काचो तरकारीहरुको रस, गाँजर, स्याउ, मौसम, अनार, जस्ता फल खानु उपयोगी मान्निाछ। मद्यपान, धूम्रापान गर्नुहुदैन्। त्यस्तै जंगफुडको प्रयोग पनि गर्नु हुदैन।

गणेश गैरे(Msc in Yoga Therapy)