‘अब नगर प्रहरीको सेवा बिक्रिमा हुनु हुदैन’– सीताराम हाछेथू

कात्तिक १३, काठमाडौं -करिब २९ वर्ष ट्राफिक प्रहरीको सेवाबाट सीताराम हाछेथूले दुईबर्ष अघि अवकाश लिए । राम्रो काम गर्ने व्यक्तिलाई अवसरको खाचो नहुदो रहेछ । उनी अहिले नयां जिम्मेवारी काधमा वोकेर कर्म क्षेत्रमा लागि परेका छन । अर्थात उनी गत भदौं देखि ललितपुर नगर प्रहरी प्रमुखका रुपमा क्रियाशिल छन । नगर प्रहरी प्रमुख वने संगै हाछेथू लतिलपुर महानगरपालिकालाई नमुना नगर बनाउने अभियानमा रहेको वताउछन । कोरोना महामारीमा उच्च सर्तकता अपनाउदै उनी दिनरात काममा खटिएका छन् । नगरलाई नमुना वनाउन उनले के कस्ता कार्ययोजना अघि सारेका छन् त ? यि र यस्तै बिषयमा रहेर इमेल खवर डटकमले उनीसंग कुराकानी गरेको छ ।

दशैं कसरी मनाउनु भयो ?

कोरोना महामारीका कारण यो बर्ष दशैं घर भित्रै मनाइयो । आफन्त इष्टमित्र भेटघाट भएन । जो जहा थियौ, त्यहि बसेर दशैं मनायौं ।

अन्य दशैंको तुलनामा यो दशैंको अनुभव कस्तो रह्यो त ?

अन्य बर्षको तुलनामा यो बर्ष दशैं राम्रो भएन । आफन्तकोमा आउने जाने गरिएन । अरु बेला भेटघाट नभएपनि दशैंमा सबैसंग भेट हुने गर्थो । यो बर्ष सुनसान रह्यो । म हिडि राख्ने भएकाले अरुलाई म बाट डर भयो । अरुबेला आउदैनस भन्नेहरु यो बेला नआउ भन्न थाले । यतिसम्म पनि भयो कि म काकासंग टिका र आर्शीवाद लिन सकिन । काकाको घरसम्म गए बाहिरबाटै हेरेर फर्किए । काकाले भित्रबाटै आर्शीवाद दिनु भयो । मैले बाहिरबाट थापे । यो कुराले चाहिं मलाई एकदमै नराम्रो महशुस गरायो ।

ललितपुर नगर प्रहरी प्रमुख बन्नु भएको छ । नमुना नगर वनाउन तपाईका योजना के छन ?

नमुना नगरका लागि मैले मुख्यतय ४ वटा कुरामा ध्यान दिएको छु । एक, फुटपाथ हटाउने । दाश्रो, होडिङ बोर्ड रहित नगर बनाउने । तेश्रो, नगर प्रहरीको बानी ब्यबहारमा परिवर्तन ल्याउने । र चौथो, आम मानिसको बिश्वास जित्ने । यि ४ कुरालाई आत्मासाथ गर्दै अघि बढिरहेको छु । अहिले धेरै फुटपाथ ब्यबस्थित भइसकेको छ । अहिले कुमारीपाटी देखि कुपन्डोलसम्म फुटपाथ निषेधित भइसकेको छ । होडिङ बोर्डहरु हटाएर नगर सुन्दर हुन थालेको छ ।

नगरप्रहरीको छवि सुधार्ने भन्नुभयो ? यो कसरी सुधार्दै हुनुहुन्छ ?

नगर प्रहरीहरुले नागरिकलाई गर्ने ब्यबहार राम्रो छैन । सुधारका नाममा नगर प्रहरीले जथाभावी फुटपाथवाट सामानहरु उठाउने गरेको देखेको छु । जुन गलत छ । यो सुधार्नु पर्छ । अव नगर प्रहरीहरुले कसैलाई पनि त तिमी जस्ता हेपाहा शव्द भन्न पाउने छैनन् । सबैलाई आदार सत्कार गरेर तपाई भन्नु पर्ने छ । त्यस्तै ठुलो स्वरमा कराउन पाउने छैनन । अर्को महत्वपुर्ण कुरा के छ भने नगर प्रहरीले गर्ने ब्यबहार बिक्रिमा हुनुहुदैन । यसका लागी नगरप्रहरी जिम्मेवार भएर काम गर्नुपर्दछ ।

फुटपाथ पसल हटाउदा धेरैको रोजीरोटी गुमेको छ ? यसलाई ब्यबस्थापन गर्ने कि पुरै हटाउने ?

फुटपाथ पसलमा धेरै ग्राहकहरु ठगिएका छन् । सरकार ठगिएको छ । यसको मतलव सामानमा ग्राहक ठगिएका छन् भने करमा सरकार ठगिएको छ । ब्यबस्थापनका लागि महानगर सक्रिय हुनुपर्दछ । महानगरले यदि जग्गा खोजेर ब्यबस्थापन गर्न सके हामीले सहकार्य गर्दै ब्यबस्थित बनाउन सकिन्छ । तर, हामीले फुटपाथ पसल राख्न भने दिदैनौं । अझै पनि हामी शुरुवातमै छौं । हामीले निश्चित स्थानमा समय तोकेर फुटपाथ राख्न दिने बिषयमा पनि छलफल गरिरहेका छौ । तर, अब फुटपाथ पसलेहरु पनि ब्यवस्थित हुनुपर्दछ । उनीहरुले सानो पसल खोलेर भएपनि आफुलाई ब्यवस्थित गराउने सोच ल्याउन जरुरी छ ।

फुटपाथ देखि होडिङ बोर्ड हटाउदाका क्रममा के कस्ता समस्या भोग्नु भयो ?

फुटपाथमा पसल राख्नेहरुले सधैभरि गरिबी देखाउछन् । कोरोना छ, कसरी खाने ? के गरि खाने जस्ता समस्याहरु देखाउछन् । तर, यो भन्दैमा हामी छुट दिन सक्दैनौ भनेर सम्झाउछौं । तर, पनि मानिसहरुलाई बुझाउन निकै ग्राहो छ । होडिङ बोर्डको सन्र्दभमा कस्तो होडिङ बोर्ड राख्ने कसैलाई जानकारी छैन । त्यसकारण हामी आवश्यक होडिङ बोर्ड मात्र राख्ने गर्छौं ।