च्याम्पियन्स लिग फुटबल – पीएसजीको जित

कात्तिक १३, एजेन्सी – ब्राजिली स्टार नेयमारले चोट बोकेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा इस्तानबुल बासाकेशिरलाई हराएको छ ।

बुधबार राति भएको समूह एचको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।

च्याम्पियनस लिगको पहिलो खेलमा म्यान्चेष्टर युनाईटेडसंग हार ब्यहोरेको पीएसजीले पहिलो जित दर्ता गरेको छ । पीएसजी गत सिजनको उप विजेता टोली हो ।

पीएसजीले समूहमा तीन अंक जोडेको छ । टर्कीस क्लब अंक विहिन हुँदै पुछारमा छ ।