एक महिनाका लागि नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

कात्तिक १२, काठमाडौं नेकपा केन्द्रय कमिटी बैठक स्थगित भएको छ।

कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो। कोभिड(१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ।

नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्।

केन्द्रीय कमिटि बैठक मंसिर १५ देखि १७ सम्म बस्ने विज्ञप्तिमा उल्लेख छ।