सवारी दुर्घटनामा २ जनाको मृत्यु

कार्तिक १२, बिराटनगर – सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजे सुनसरीको रामधुनी नगरपालिका-६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका-८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो ।

बालुवा बोकेर आउँदै गरेको को २ त २८९२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई रोडमा पल्टिई सोही ट्याक्टरमा सवार रहेका राजधामीलाई किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैगरी मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका-२ की ४५ बर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ ।

मंगलवार अपरान्ह पौने ५ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणको लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।