मंगलबार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कात्तिक ११, काठमाडौ- पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयलका अनुसार देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएकोमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।