हरिलाल गोर दीपक स्मृति प्रतिष्ठान गठन

कात्तिक ५, जुम्ला – हरिलाल गोर दीपक स्मृति प्रतिष्ठानको ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । नेकपा तातोपानी गाउँपालिका सदस्य तथा दलित अगुवा स्वर्गीय गोर कामीको सातौदिनको पुण्यतिथिको अवसरमा घोषित प्रतिष्ठानको सञ्चालक समिति गठन गरिएको हो । पत्रकार शुभाकर विश्वकर्माको अध्यक्षयतामा ९ सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ । समितिको सचिवमा धनलक्ष्मी कामी र कोषाध्यक्षमा शान्ति कामी रहेका छन् ।

समितिको सदस्यहरुमा तातोपानी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विशाल खड्का,राजनीतिककर्मी जक्ति प्रसाद न्यौपाने, बसन्त आधारभूत विद्यालयका विदलय व्यवस्थापन समिका अध्यक्ष खड्क रावत रहेका छन् । अन्य सदस्यहरुमा जेष्ठ नागरिक सुकिल्लो कठायत, महिला अगुवा लालमाया खत्री र दलित अगुवा धनसिंह कामी रहेको अध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार प्रतिष्ठानको कार्यक्षेत्र जुम्ला जिल्लाका साथै आवश्यकता अनुसार कर्णाली प्रदेशभर हुनेछ । सरकारी विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासको लागि छात्रवृत्ति प्रदान गर्ने, शैक्षिक सामग्री प्रदान गर्ने र विभिन्न कुलतमा परेका व्यक्तिहरुलाई विभिन्न माध्यमबाट जनचेतना प्रवाह गर्ने तथा सामाजिक कार्य गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।

प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वाशासित, गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी र सामाजिक कार्यमा क्रियाशिल हुने अध्यक्ष विश्वकर्माको भनाइ छ । यसको प्रधान कार्यालय तातोपानी गाउँपालिका वडा नम्बर ६ मा हुनेछ । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता प्रक्रियामा रहेको बताइएको छ ।