जुवा  खेलाउने ३ जना पक्राउ

कात्तिक ३, मोरङ –  विराटनगर १६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर १५ का २८ बर्षीय अपजर अली रहेका छन ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल )जुवा  खेलाउने ३ जना पक्राउजुवा  खेलाउने ३ जना पक्राउ क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सुचना को आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनिहरुले online बाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।