दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

कात्तिक ३, काठमाडौ – हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिए ।

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामाग्री ९ग्याब्री० लोप हुने अवस्थामा पुगेपछि दलित घरधुरीलाई सहयोग गरिएको छ ।

सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमि, उवा, जौ, गहुँ लगायतका अन्नवालीलाई कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा पुगेको छ । यसको निर्माण सामग्री र स्टेशनरीका सामाग्री सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गरे ।