‘कुरा काट्ने मान्छे’ मा रियाशा दाहाल र सुधीरको अभिनय – भिडियो

कात्तिक ३, काठमाडौं  – रियाशा दाहाल र सुधीर श्रेष्ठ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका एलिना चौहान र सुभाष पुरीको आवाज रहेको  ‘कुरा काट्ने मान्छे’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने रिकेश गुरुले एरेन्ज गरेका हुन् ।

भिडियो सरोज ओलिले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले कोरियोग्राफी गरेका हुन् ।

यस म्युजिक भिडियो गज्जब टिभीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।