किशोरको ’संस्कार’को गीतमा निशान र अस्मिताको आवाज

असोज ३०, काठमाडौं  – निर्देशक किशोर चौधरीले चलचित्र निर्माण गर्ने भएका छन् । ’संस्कार’ नाम राखिएको चलचित्रको बुधवार गीत समेत रेकर्ड गरिएको छ । ’चितवनको एयरपोर्ट’ बोला रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

किशोर चौधरीको शब्द र चन्द्र ज्योति ढुङ्गानाको सङ्गीत रहेको छ । गीतको शब्द तथा सङ्गीत राम्रो रहेको र दर्शकलाई नपर्ने निशान र अस्मिताले विश्वास लिएका छन् ।

यस गीत चलचित्रको कथा बाचकको रूपमा प्रयोग हुने छ । दिनेश कुँवर निर्माता रहेको चलचित्र ’बास्सा फिल्मस् प्रोडक्शन’को ब्यानरमा निर्माण हुने छ ।

पारिवारिक कथामा आधारित हुने चलचित्रमा स्क्रिप्ट निर्माता कुँवरकै रहेको छ । तनहुँ, पोखरा र वीरगन्जमा खिचिने चलचित्र सह निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । चलचित्रको छायाङ्कन अवस्था सामान्य भएमा तिहार पछि फ्लोरमा जाने छ ।