उपप्रधानमन्त्री पोखरेलको बहाली

असोज २९, काठमाडौ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन्। यसअघि रक्षामन्त्री रहेका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैले सम्हालेका छन् । रासस