चलचित्र ’लक्ष्मी पूजा’को गीत ‘फुरफुर पुतली’ सार्वजनिक

असोज २९, काठमाडौं  – चलचित्र ’लक्ष्मी पूजा’को गीत ‘फुरफुर पुतली’ सार्वजनिक भएको छ । गीतमा सलोन बस्नेत र रियाशा दाहाल फिचर्ड छन् ।

चलचित्रका मुख्य कलाकार जय किशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेलीलाई पनि देख्न सकिन्छ । मान्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा विपिन आर्चायले सङ्गीत भरेका छन् ।

गीतलाई राम्जी लामिछानेले कोरियोग्राफी गरेका हुन् । समिर मियाँले निर्देशन गरेको चलचित्रलाई शोभित बस्नेतले निर्माण गरेका हुन् ।
चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायत कलाकारले अभिनय गरेका छन् ।

जाह्नवी बस्नेतको दोहोरो भूमिका रहेको चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिनेछन् ।

सलोन सलिना फिल्मस्को ब्यानरबाट निर्माण भएको यस चलचित्र यही दशैँमा डिसहोमबाट रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ ।