नेसन्स लिग फुटबलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हरायो

असोज २९, एजेन्सी –  नेसन्स लिग फुटबलमा इङ्ल्याण्डले डेनमार्कसंग अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हराएको हो ।

इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।। इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ । डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।